प्रहरीको गोलीबाट घाइते विष्णु तामाङको ट्रमा सेन्टरमा उपचार हुँदै

जनपत्र
२८ पुष २०७६, सोमबार ०६:३२

कर्तब्य ज्यान मुद्धामा फरार सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नं. ३ का ३० वर्षीय विष्णु तामाङलाई गोली प्रहार गरी प्रहरीले आइतवार साँझ जोरपाटीबाट नियन्त्रणमा लिएको छ ।

सिन्धुपाल्चोक र काठमाडौँमा भएको छुट्टा छुट्टै कर्तब्य ज्यान मुद्धामा फरार तामाङलाई जोरपाटीको जम्बुडाडामा नियन्त्रणमा लिन खोज्दा भागेपछि प्रहरीले गोली चलाउनु परेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख रमेशबहादुर सिंहले बताए । गुण्डागर्दीमा सलग्न तामाङको बायाँ खुट्टाको पिडौलामा एकराउण्ड गोली लागेको छ । उनलाई उपचारका लागि बीर अस्पताल ट्रमा सेण्टरमा भर्ना गरिएको छ । वृत्त प्रमुख सिंहका अनुसार, अभियुक्त तामाङ काठमाडौँमा अपराध गरेमा सिन्धुपाल्चोक र सिन्धुपाल्चोक अपराध गरेमा काठमाडौँ लुकिछिपि बस्दै आएका थिए ।

गोकर्ण अत्तरखेल लुकिछिपि बस्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले तामाङको पिछा गरेको थियो । उनी विरुद्ध काठमाडौँ र सिन्धुपाल्चोक प्रहरी कार्यालयमा दुईटा कर्तब्य ज्यान मुद्धा दर्ता भएका छन् । तामाङमाथि सिन्धुपाल्चोकमा एक बालिकालाई चिर्पटले हानी हत्या गरी फरार भएको अभियोग छ ।
गोरखापत्र अनलाइनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*