प्रदेशको नामाकरण र राजधानी तोक्न आज मतदान

नेकपा र काग्रेशका सांसदलाई राजधानी हेटौंडा र नाम वागमतीमा मतदान गर्न ‘ह्वीप’
जनपत्र
२७ पुष २०७६, आईतवार ०७:१९

हेटौंडा । प्रदेश नम्बर–३ को नाम र स्थायी राजधानी तोक्नका लागि आज विहान नौ वजेबाट प्रदेशसभामा मतदान हुँदै छ । मतदानमा नेकपा र काग्रेश संसदीय दलको निर्णय अनुसार राजधानी हेटौंडा र राम वागमतीमा मतदान गर्नका लागि दुवै दलले ह्वीप जारी गरेका छन् ।

नाम र राजधानीमा विपक्षमा आफ्नो मत प्रयोग गर्नका लागि संसदमा यी दुवै दलले प्रस्ताव पनि दर्ता गराएका छैनन् । नाममा सवैजसो दल सहमत भएका छन् । तर, राजधानी काभ्रे हुनुपर्छ भन्दै विवेकशील पार्टीले संसदमा दर्ता गराएकोमा मतदान गर्न पनि नसक्ने परिस्थितीमा सांसदहरु पुगेका छन् ।

नेकपाले आज मुख्यमन्त्री निवासमा फेरी संसदीय दलको वैठक बोलाएर दलको निर्णय अनुसार मतदान गर्नका लागि ह्वीप जारी गरेको छ । त्यसैगरी नेपाली काग्रेशले पनि हिजो संसदमा दर्ता भएवमोजिम मतदान गर्न आग्रह गरेको छ ।

आज विहान ९ वजेबाट मतदान हुने भएको छ । सभामुख भन्दा बाहेक एक सय ५ जना सांसदले स्थायी राजधानी हेटौंडाको पक्षमा मतदान गर्ने पक्का भएको छ । यता प्रदेशको नाम वागमतीमा भने सवैदलका सांसदहरु एक सय ८ जनाले मतदान गर्ने निश्चित भएको छ ।

नामका विषयमा कुनैपनि दलका सांसदहरु विभाजित भएका छैनन् । एक जना स्वतन्त्र सांसद मात्रले फरक मत जायर गरेका छन् । तर, प्रदेश राजधानीका पक्षमा साझा र विवेकशील पार्टीका तीन जना सांसदले काभ्रे राजधानीका लागि संसदमा प्रस्ताव दर्ता गराएका छन् ।

आज नौ वजेबाट विहान खुल्ला मतदानको व्यावस्था संसद सचिवालयले गरेको छ । मतदानपछी प्रदेशले स्थायी राजधानी र नामाकरण हुने छ । प्रदेश नम्बर ३ मा एक सय १० जना सांसद रहेका छन् । सवै भन्दा वढी नेकपाको मात्र ८० जना सांसद रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*