राजधानीका भित्री सडकमा आगो निभाउन जडान गरिएको पाइप लाइनको सफल परीक्षण

जनपत्र
२७ पुष २०७६, आईतवार ०६:३५

काठमाडौँ महानगरपालिकाले दमकल जान नसक्ने साँघुरा सडकमा सम्भावित आगलागीबाट हुने क्षति नियन्त्रणका लागि जडान गरिएको पाइप लाइनको सफल परीक्षण गरेको छ। महानगर वडा नम्बर २५ मांस गल्ली केलटोलदेखि महाबौद्ध जाने गल्लीसम्म बिछ्याइएको चार इञ्चे फलामे पाइपबाट सफल परीक्षण गरेको जनाइएको छ।

उक्त प्रणाली नेपाल रेडक्रस सोसाइटीको उत्थानशील नगर प्रवद्र्धन तथा सहभागिता कार्यक्रमको पाँच लाख वडा २५ को विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिबाट दुई लाख सङ्घसंस्था र उपभोक्ताको दुई लाख ४० हजार ६ सय १२ गरी कूल नौ लाख ४० हजार ६१२ लगानीमा मांसगल्ली उपभोक्ता समितिले पाइप जडान गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*