रक्षामन्त्री पोखरेल चढेको हेलिकोप्टर पाल्पामा आकस्मिक अवतरण

जनपत्र
२६ पुष २०७६, शनिबार ०६:०४

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल चढ्नुभएको सैनिक हेलिकोप्टर आज पाल्पामा आकस्मिक अवतरण भएको छ ।

रुपन्देहीको बुटबलमा अवतरण हुनुपर्ने सो हेलिकोप्टर मौसमको खराबीका कारण पाल्पामा अवतरण भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुरज श्रेष्ठले बताए ।

शनिबार रुपन्देही जिल्लास्थित नेपाली सेनाको मध्यपश्चिम पृतनाको कार्यक्रममा सहभागी हुन रक्षामन्त्री पोखरेल बुटबल प्रस्थान गरेका हुन् । हेलिकोप्टर पाल्पा तानसेनमा अवतरण भएपछि मन्त्री पोखरेल गाडीमा बुटबलतर्फ गएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*