हेटौंडा १४ कालोपानीमा २१ दिने गोम सम्पन्न

जनपत्र
२४ पुष २०७६, बिहीबार ०६:४०

हेटौंडा/हेटौंडा १४ कालापानिमा रहेको देछेलिङ् गुम्बामा लामाहरुको २१ दिने गोम (गुफा) सकिएको छ ।
यहि पौष ४ गतेबाट ज्ञान हाँसिल गर्न छ्यासल गुफा र थुछेम्बो गुफा बस्नु भएका ३१ जना लामाहरु २१ दिनको गोम सकिएपछि बाहिर निस्कनु भएको छ । २१ दिनको गुफा पछि एक कार्यक्रमसहित लामाहरु बाहिर निस्कनु भएको थियो । लामा गुरु मिन दोर्जे लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा १४ नम्वर वडाका वडा अध्यक्ष दिपक खड्काको प्रमुख अतिथी हुनुहुन्थ्यो । छ्यासल गुफा पहिलो चरणको गुफा १८ जना र थुछेम्बो गुफा दोस्रो चरणको गुफा १३ जनागरि जम्मा ३१ जना लामाहरु गुफामा बस्नु भएको लामा गुरु छ्योईगु दोर्जे लामाले बताउनु भयो ।
बौद्ध र्धम अनुसार लामाहरुले ज्ञान हाँसिल गर्नको लागि गुफा बस्ने गर्दछ । ग्ुफा बस्ने लामाहरुले ज्ञान छयोईको पठन गरि एक छाक फलफुल खाएर २ घण्टा मात्र आराम गरि बस्नुभएको भएको थियो । गुफबाट निस्कने क्रममा छ्यासल गुफामा बस्नुभएका १८ जना लामाहरुको मामाहरुले कपाल खौरिने र चोखो लुगा फेराएका थिए । साथै कार्यक्रममा स्थानियवासीहरुले गुरुहरुबाट वाङ् अभिषेक लिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*