छाउगोठ मुक्त नेपाल बनाउने मन्त्री गुरुङको घोषणा : अछाममा छाउ गोठ खोज्दै प्रहरी

जनपत्र
२३ पुष २०७६, बुधबार ०६:४४

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘छाउगोठ मुक्त नेपाल’बनाउने घोषणा गरेका छन् । मन्त्री गुरुङले छाउगोठ मुक्त नेपाल बनाउने गरी सरकारले छिट्टै मर्यादित महिनावारी सम्बन्धि नीति ल्याउने योजना पनि अघि सारेका छन् ।
मन्त्री गुरुङले छाउगोठ मुक्त नेपाल बनाउन आवश्यक सुझाव दिन पनि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सांसदहरुलाई आग्रह गरे । ‘सामाजिक कूरीतिको रुपमा रहेको छाउगोठ उन्मुलन हुने गरी सरकारले छिट्टै आवश्यक नीति ल्याउनेछ,’मन्त्री गुरुङले भने, ‘त्यसका लागि आवश्यक सबै खालको सुझाव दिन म सम्बन्धित जिल्लाका सांसद, सरोकारवाला निकाय सबैलाई आग्रह गर्दछु ।’ मन्त्री गुरुङले छाउगोठ मुक्त समाज निर्माणका लागि सरकारले महिनावारी सम्बन्धि नीति छिट्टै ल्याउनेगरी तत्काल कार्य दल गठन गर्न लागेको पनि जानकारी दिए ।
अछाममा भने प्रहरीको छाउपडी गोठ भत्काउने अभियान चलिरहेको छ । जिल्लाका १० स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा गोठ भत्काउने क्रम जारी छ ।प्रहरीले छाउपडी गोठ भए नभएको अवस्थाका बारेमा समेत अनुगमन गरिरहेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पुस महिनाको १३ दिनको अवधिमा ११ सय ५२ गोठ भत्काइएका छन् । गोठ भत्काउनका लागि विभिन्न ठाउँमा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी प्रमुख दिपक भारतीले बताए ।

उनले भने, प्रहरी अहिले आफै छाउपडी गोठ खोज्दै हिँडेको छ ,स्थानीय,जनप्रतिनिधि,प्रहरीको उपस्थितिमा जनचेतना फैलाउने कामसँगै गोठ भत्काउने काम भइरहेको छ ।प्रहरीले अहिले गोप्य सूचना लिने र त्यसको अनुगमन गरिरहेकोको छ। यसमा स्थानीयको साथ पाएका छौं। गोठ भत्काउने मात्र होइन, छाउपडी कुप्रथासम्बन्धी बनेको कानुन र हुने कारवाहीका विषयमा पनि जानकारी दिन जरुरी छ,ु उनले भने। छाउपडी गोठ भत्काउने अभियानलाई सफल पार्नका लागि स्थानीय निकायसँगको समन्वयमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको डीएसपी भारतीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*