पृथ्वी जत्रै एउटा बस्नयोग्य ग्रह फेला पर्यो

नासाले ब्रह्माण्डमा ग्रहहरु पत्ता लगाउन प्लानेट हन्टर स्याटलाइन टेस लाई परिचालन गरेको छ, टेस भूउप्रग्रहले भर्खरै पृथ्वीवासीका लागि खुशीको अनि नौलो कुरा फेला पारेको छ । भर्खरै पृथ्वीवाट केवल १०० प्रकाश वर्षको दुरिमा एउटा पृथ्वी जत्रै अनि बस्न योग्य हुनसक्ने ग्रह् फेला परेको छ जस्को नाम नासाले टीओआई ७०० डी राखेको छ ।
अमेरिकाको होनोलुलु हवाईमा गत सोमबार अमेरिकन खगोलविधहरुको समाजका लागि नासाको जेट प्रपुलेशन लाइब्ररीले जारी गरेको एउटा बिज्ञप्तीमा यस ग्रह्को बारेमा खुलाइएको छ । ताराहरु बाहेक केवल ग्रहहरुको अवस्थितीलाई टेसले पहिचान गर्दछ, शुरुवात दिनमा ताराहरुहरुलाई नै ग्रह् मानेर झुक्किएको टेस भूउपग्रहले अब भनें स्पष्ट ग्रहहरु चिन्न थालेको छ ।
सन् २०१८ मा लन्च गरिएको टेस अघि चाँही केल्पर स्पेस टेलीस्कोपको प्रयोगले नयाँग्रह पत्ता लगाइन्थ्यो, यस टेलीस्कोपले पनि धेरै ग्रहहरुको पत्तो लगाएको हो यद्धपी अहिले टेसले पत्ता लगाएको ग्रह भने अहिलेसम्मकै सर्वाधिक अनुकुल मानव बसोवासको ग्रह हुनसक्दछ ।
टीओआई ७०० तारालाई परिक्रमा गर्ने ३ वटा ग्रह्हरुलाई टेसले पत्ता लगाएको हो जस्मा टीओई ७०० बी, सी र डि ग्रहहरु हुन्, केवल टीओआई ७०० डि मात्र पृथ्वी संग मेल खाने खाल्को छ । टीओई तारा चाँही सूर्यको आधा जति र सूर्य भन्दा आधा नै कम तापक्रम भएको हुनसक्ने अनुमान छ । यस ग्रह टीओई ७०० डि ले केवल ३७ पृथ्वी दिनमा आफ्नो ताराको परिक्रमा गर्दछ । यस ग्रहका बारेमा अध्ययन चलिरहेको छ । एजेन्सी