नेपालकै अग्ला राजन अधिकारी लडेर घाइते, हात भाँचियो

नेपालकै अग्ला व्यक्ति राजन अधिकारीको देब्रे हात भाँचिएको छ। मोरङको कानेपोखरीस्थित आफ्नै घरमा चिप्लेर लड्न पुगेका अधिकारीको सोमबार हात भाँचिएको हो।
सोमबार घरको बाथरुममा चिप्लिर लड्न पुग्दा घाइते भएको उनले बताए। भाँचिएको हातमा प्लास्टरपछि अधिकारी अहिले घरमै आरम गरिरहेका छन । सुनसरीको इटहरी उपमहानगरपालिका-५ का राजन अधिकारीलाई अस्भाविक उचाईका कारण बारम्बार समस्या पर्ने गरेको छ। ७ फिट ३ इन्चका अधिकारीलाई सार्वजनिक सवारीमा चढ्नदेखि हिँडडुल गर्न पनि समस्या हु्न्छ।
उनी नेपालको पहिलो र विश्वको तेस्रो अग्ला व्यक्ति हुन्। सबैभन्दा अग्लामध्ये पहिलोमा टर्की र दोस्रो चीनका नागरिक हुन्।