रुपन्देहीमा घाइते हुनेगरी विद्यार्थी कुट्ने शिक्षक पक्राउ

जनपत्र
२१ पुष २०७६, सोमबार ०६:१९

रूपन्देहीको सम्मरीमाई गाउँपालिका–६ मर्चवारमा विद्यार्थी कुट्ने शिक्षक पक्राउ परेका छन् । विद्यार्थीलाई पिटेर घाइते बनाएका शिक्षक शैलेन्द्र बराईलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

परिवारको उजुरीका आधारमा पक्राउ गरिएको मर्चवार इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पोषडराज ढकालले उज्यालोलाई जानकारी दिनुभयो । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ मा रहेको ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने तौफिक धुनिया, शिक्षक शैलेन्द्र बराईको कुटाइबाट घाइते भएका परिवारले आरोप लगाएको छ ।
गृहकार्य नगरेको भन्दै शिक्षकद्वारा विद्यार्थीमाथि कुटपिट, स्कुल प्रशासन भन्छ– कुटपिट भएको छैन
कुटाइ खाने १० वर्षको बालकको बायाँ आँखामा गम्भीर चोट लागेको छ । तौफिकका हजुरबुवा मोहम्मद हुसेनले स्थानीय अस्पतालमा उपचार संभव नभएपछि भैरहवामा रहेको मेडिकल कलेजमा ल्याएको बताउनुभयो । प्रधानाध्यापक सुरेन्द्र बराईले भने विद्यार्थीमाथी कुटपिट नभएको दावी गर्नुभएको छ । घटना गएको बुधबार भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*