फेरि वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम

जनपत्र
२१ पुष २०७६, सोमबार ०६:०४

क्रबार र शनिबारको वर्षापछि आइतबार घाम लागे पनि फेरि देशका धेरै ठाउँको मौसम बदली भएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले उत्तर-पश्चिम क्षेत्रबाट चिसो हावा चलिरहेको छ, फलतः मुलुकभर चिसो बढेको छ।

मौसमविद् गंगा नगरकोटीका अनुसार सोमबार दिउँसोसम्म मौसम केही सफा रहे पनि रातिदेखि फेरि बदली हुने सम्भावना छ। महाशाखाका अनुसार सोमबार राति पश्चिमी न्यून चापीय प्रणाली पश्चिमी क्षेत्रबाट प्रवेश गर्नेछ। सोमबार राति यहि प्रणालीका कारण उच्च पहाडी र हिमाली जिल्लामा फेरि हिमपात हुने सम्भावना छ।

यस्तो छ तीन दिनको मौसम

आइतबार
राती स् देशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।

सोमबार
दिउँसो : स्देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहि मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमका थोरै स्थानमा हल्का जर्षाको पनि सम्भावना छ।
रातीः देशभर सामान्य बदली रहि पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको पश्चिम र मध्यका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार

दिउँसो : देशको पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ भने मध्य र पूर्वका पहाडी भूभागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी भू(भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ भने मध्य र पूर्वी भू(भागमा आंशिक बदलि रहने छ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*