मकवानपुर क्याम्पसमा चर्को शुल्क वृद्धि, स्ववियुको विरोध

जनपत्र
२० पुष २०७६, आईतवार २०:०५

हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसको आज (आइतबार) बसेको सञ्चालक समितिको बैठकले शुल्क वृद्धि गरेको छ । समितिको बैठकले मासिक तथा भर्ना शुल्कमा ६५ प्रतिशत शुल्क वृद्धि गरेको जनाइएको छ ।

क्यम्पससभाबाट शुल्क वृद्धि गर्ने प्रयास गरेपनि विरोधका कारण हुन सकेको थिएन् । अब प्रत्येक वर्ष शुल्कमा ५ प्रतिशत स्वतः वृद्धि हुने बैठकले निर्णय गरेको छ । ७ वर्ष देखि शुल्क वृद्धि नगर्दा क्याम्पस घाटामा सञ्चालन भइरहेको भन्दै समितिले शुल्क वृद्धि गरेको जनाइएको छ ।

बैठकले क्याम्पस प्रवेश ( नवआगन्तुक विद्यार्थी) शुल्कमा सतप्रतिशत वृद्धि गरेको एक सदस्यले जानकारी दिए । यसअघि शिक्षकले अतिरिक्त कक्षा लिदा पाउने ६० प्रतिशतलाई भने हटाइएको छ । यसको सट्टामा वार्षिक रुपमा कोर्ष कन्ट्याकका आधारमा रकम दिने निर्णय भएको छ ।

जसमा एक सय पूर्णाङ्क पढाउनेलाई वर्षमा एकमुठ ८० हजार दिने निर्णय भएको छ । त्यसैको आधारमा एकसय भन्दा कम ७५, ५० पूर्णाङ्क पढाउनेलाई रकम दिने निर्णय गरेको जनाइएको छ । क्याम्पस वार्षिक रुपमा ४ करोड २० लाख घाटामा सञ्चालन भएको एक सदस्यले बताए ।

शुल्क वृद्धिको विरोध

मकवानपुर बहुमुखी क्याम्पसमा शुल्कवृद्धि गरिएकोमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विरोध जनाएको छ । स्ववियु सभापति कुमार केसीले आज एक विज्ञप्ति जारी गर्दै शुल्कबृद्धिको विरोध जनाएका हुन् ।

“विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्क बृद्धि निर्णयप्रति स्ववियुको ध्यानाकर्षण भएको छ”, विज्ञप्तिमा भनिएको छ । शुल्क बृद्धिको निर्णयप्रति घोर भत्र्सना गर्दै तत्काल निर्णय नसच्याए स्ववियु जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहने चेतावनी दिइएको छ । बाइलाइन नेपालबाट साभार । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*