हेटौंडाका दुईवटा वडामा शहरी स्वास्थ्य केन्द्र उद्घाटन्

जनपत्र
२० पुष २०७६, आईतवार १८:२५

हेटौंडा । हेटौंडाका दुईवटा वडामा आज देखि शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । हेटौंडा ४ र ५ मा निर्माण गरिएको शहरी स्वास्थ्य केन्द्रको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन् गर्नुभयो । आज उद्घाटन् गरिएका स्वाथ्इ केन्द्रमा भोलीबाट स्वास्थ्य सेवा सुरु हुने मेयर महतले वताउनुभयो ।

हेटौंडा ४ को वडा कार्यालय परिषरमा मोहन बर्जाचार्य शहरी स्वास्थ्य केन्द्रको आज उद्घाटन् गरिएको हो । हेटौंडाका १९ वटै वडामा शहरी स्वाथ्य केन्द्र सुरु गर्ने अभियान अनुसार आजै दुईवटा वडामा उद्घाटन् गरिएको मेयर महतले वताउनुभयो । सामान्य विरामीको उपचार अव वडा स्तरबाटनै दिने उदेस्यले स्वास्थ्य केन्द्र स्थापना गरिएकमो उहाँले वताउनुभयो ।

दुईजना स्वास्थ्गयकर्मीबाट भोलीबाट सेवा सुरु गरिने हेटौंडा ४ का वडाअध्यक्ष नविन सिग्देलले वताउनुभयो । यसैगर िहेटौंडा ५ को वडा कार्यालय नजिक पनि शहरी स्वाथ्य केन्द्रको मेयर महतले उद्घाटन् गर्नुभयो । भोलीबाट सेवा सुरु गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*