प्रदेशसभा सांसदहरुलाई हेटौंडामा फूलमाला लगाइने

जनपत्र
२० पुष २०७६, आईतवार १७:४७

हेटौंडा । हेटौंडामा भोली सोमबार सबै प्रदेशसभा सांसदहरुलाई फूलमाला लगाइने भएको छ । हेटौंडास्थित सबै राजनीतिक दलका युवा, विद्यार्थी संगठन तथा सामाजिक संघसंस्थाका युवाहरुले सांसदहरुलाई हेटौंडा राजधानी बनाउन रचनात्मक दबाब स्वरुप फूलमाला लगाइने भएको हो ।

आज हेटौंडामा युवाहरुको भेला बस्दै प्रदेशसभा भवन अगाडि बसेर उपस्थित सबै सांसदहरुलाई फूलमाला लगाएर प्रदेश ३ को राजधानी हेटौंडा बनाउन अनुरोध गर्ने कार्यक्रम रहेको युवा संघका अध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए ।

‘जनताको मतको सम्मान, राजधानीमा हेटौंडालाई मतदान’ भन्ने नाराका साथ युवाहरुको समूहले रचनात्मक दवाव मुलक कार्यक्रम गर्न लागेको हो । भोली सोमबार २१ गते दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्दैछ । उक्त बैठकमा प्रदेश ३ को राजधानी र नाम टुंगो लगाउन प्रक्रिया अगाडि बढाइने भएको छ ।

मतदान प्रक्रियामा राजधानीमा हेटौंडालाई मत हाल्न सबै प्रदेशसभा सांसदहरुलाई फूलमालाले अभिनन्दन गर्दै अनुरोध गरिने अध्यक्ष चौलागाईंले जानकारी दिए । तुखवरबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*