हेटौंडाका विद्यार्थीलाई विद्यालय पोसाक सहयोग हे

जनपत्र
१९ पुष २०७६, शनिबार १७:४१

हेटौंडा । हेटौंडाका युवा ब्यवसायी पवन दुलालले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ बारुतेमा रहेको श्रीकृष्ण प्राथमिक विध्यालयका ५ जना विध्यार्थीहरुलाई ५ वर्षसम्म विध्यालय पोशाक सहयोग गरेका छन । हेटौंडाको राप्तिरोडमा डिपि कलेक्सन सन्चालन गरिरहेका दुलालले सनिवार विध्यालयमा आयोजित एक कार्यक्रममा विध्यालयले सिफारिस गरि पठाएका ५ जना गरिब तथा जेहेन्दार विध्यार्थिलाई आउदो ५ वर्ष सम्म निरन्तर पोशाक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्न ।

कपडा तथा तयारी पोशाक ब्यवसायी संघले विध्यालयमा अध्ययनरत ६९ जना विध्यार्थिलाई न्यानो कपडा वितरण कार्यक्रमको अवसरमा दुलालले आफ्नो ब्यक्तिगत सहयोगको प्रतिबद्धता जनाएका हुन । सनिवार संघले सोही विध्यालयका ६९ जनालाई न्यानो कपडा स्विटर बितरण गरेको हो । हेटौंडा उपमहानगरपालिका कि उपमेयर मिना लामाको प्रमुख आतिथ्यथतामा भएको कार्यक्रममा संघका अध्यक्ष समिरलाल डङ्गोलको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा ६ नम्बर वडाका कार्यवाहक अध्यक्ष राजकुमार बास्तोला , संघका उपाध्यक्ष रबिन्द्र घिमिरे , महासचिव तेजराज अधिकारी , कोषाध्यक्ष नेत्र प्रसाद खतिवडा , ५ नम्बर वडा अध्यक्ष तथा संघका निवर्तमान अध्यक्ष राजेश बानियाँ , सदस्यहरु पवन दुलाल , चिराग अग्रवाल , जङ्ग बहादुर बस्नेत , मधुसुदन अर्याल लगायतको सहभागिता रहेको थियो । संघले गत हप्तापनि मकवानपुरको विकट बाग्मती गाउपालिकाको एक विध्यालयमा २६२ थान स्विटर वितरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*