रेडक्रस सोसाईटी हेटौंडा नागस्वती उपशाखा सभापतिमा चौलागाईं

जनपत्र
१९ पुष २०७६, शनिबार १७:०५

नेपाल रेडक्रस सोसाईटी नागस्वती उपशाखाको प्रथम साधारणसभा नेपाल रेडक्रस सोसाईटी जिल्ला अध्यक्ष सुर्यचन्द्र न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
विशेस अतिथी सात नम्बर वडा अध्यक्ष राजन थापा, अतिथीहरु नेपाल रेडक्रस जिल्ला उपाध्यक्ष लाल वहादुर थापा,मन्त्री खेमराज सापकोटा, कोषाध्यक्ष पिताम्बर वास्तोला,नगर समन्वय समिति सभापती केशब शाही, हेटौडा वचत तथा ऋण सहकारीका अध्यक्ष ईन्द्र वहादुर वानीया, पुर्व वडा अध्यक्ष रामशरण गौतम श्रृजना वचत तथा ऋण सहकारीका दामोदर गौतम, आधारभुत वचत तथा ऋण सहकारीका अध्यक्ष वासु कटुवाल, नवज्योती मावीका व्यवस्थापन समिति अध्यक्ष हेम अधिकारी टोल विकाश वडा समन्वय समिति अध्यक्ष युवराज गौतम समेतले शुभकामना व्यक्त गर्नु भएको कार्यक्रमको सभपतित्व उपशाखा सभापती ध्रुब प्रसाद चौलागाईले, स्वागत शुसील सुवेदीले र संचालन नवराज खतिवडाले गर्नु भएको थियो ।
 साधारणसभावाट सर्वसम्मत रुपमा सभापती ध्रुबप्रसाद चौलागाईं, उप सभापती यशोधा थापा, सचिव नवराज खतिवडा, कोषाध्यक्ष यतिराज दगांल, उप सचिव सुबोध रिमाल, उप कोषाध्यक्ष सुशिल सुवेदी, सदस्यहरु किरण लामिछाने, अर्जुन श्रेष्ठ, मिना अधिकारी, श्याम काजी भण्डारी, श्याम कुमार दाहाल रहेको उपशाखा समिति चयन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*