नेपाल सेवा निवृत्त शिक्षक समाज मकवानपुरकाे भेला

हेटाैंडा / सेवा निवृत्त शिक्षक समाज मकवानपुरकाे जिल्ला स्तरीय भेला समपन्न भएकाे छ । शिवदयाल यादवकाे सभाध्यक्ष तथा केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष धुर्वराज शर्मा अर्यालकाे प्रमुख आतिथ्यतामा समपन्न भएकाे छ ।
हेटाैंडा उपमहानगर पालिका वडा नं ४ का अध्यक्ष नवीन सिग्देलकाे विशेष आतिथ्यतामा सम्पन्न भएकाे हाे। भेलाले शिव दयाल यादवकाे संयाेजकतामा १५ सदस्य सेवा निवृत्त शिक्षक समाज जिल्ला समन्वय समिति र्निविराेध समिति चयन गरेकाे छ ।
समितिमा उपाध्यक्षमा सागरथापा र र्नीमला रुपाखेती रहेकी छन् भने सचिवमा अभिमन्यु गाैतम र काेषाध्यक्षमा अोम चाैलागाई रहनु भएकाे छ । यसैगरि केन्द्रीय प्रतिनिधिमा रामनरेस यादव रहनु भएकाे छ । सदस्यहरुमा विष्णु दहाल , रामहरी कार्की , राजन भण्डारी, रिपु गाैतम , गाेपी न्याैपाने, इन्द्र संजेल, जनार्जन खनाल रहनु भएकाे छ ।