१९ लाख रुपैयाँ घुससहित तीन जना इन्जिनियर पक्राउ

जनपत्र
१९ पुष २०७६, शनिबार ०६:४४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाबाट झण्डै १९ लाख रुपैयाँ घुससहित तीन जना इन्जिनियरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको लहानस्थित सडक डिभिजन कार्यालयका निमित्त प्रमुख सिभिल इञ्जिनियर विनोद साह, इञ्जिनियर नवीन साह र ओभरसियर विरेन्द्र साह छन् ।

अख्तियारको बर्दिबासबाट खटिएको टोलीले तीन लाख घुस रकमसहित विनोद दासलाई लहानमा रहेको कार्यालयबाट नै पक्राउ गरेको हो ।

यस्तै, इञ्जिनियर नवीन साह र ओभरसियर विरेन्द्र साहलाई १५ लाख ९६ हजार घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । रुपनीदेखि राजविराज हुँदै कुनौलीसम्मको सडकमा निर्माण सम्पन्न गरेपछि बाँकी भुक्तानीका बेला ठेकेदारसँग घुस मागेका उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*