हर्रोको सानो टुक्राले गर्छ यस्तो कमाल

जनपत्र
१९ पुष २०७६, शनिबार ०६:४३

औषधीय गुणले भरिपुर्ण खानेकुरा हो हर्रो । यसमा धेरै ओषधीय गुण हुन्छ । यसको सानो टुक्राले नै धेरै समस्या समाधान गर्छ । जन्डिसको समस्या भएकाले हर्रो खानु निकै आवस्यक छ । करेलाको रसमा हर्रोको धुलो हालेर नियमित खाँदा जन्डिस निको हुन्छ ।

हर्रोको सानो टुक्रा मुखमा चपाएर राख्दा मुखभित्र आएको घाउ, खटिरा निको हुन्छ । हर्रोले अनावश्यक बान्ता आउनबाट पनि रोक्छ । यसको सेबनले पेट सफा पनि हुन्छ । यसको सेबनले भोक नलाग्ने समस्या समाधान हुन्छ । हर्रोको चूर्ण कालो नुनसँग मिलाएर खाँदा कफको समस्या समाधान हुन्छ । यसको सेबनले एसिडिटी बढ्ने, पेटमा ग्यास भरिने र कब्जियत हुने समस्या हुदैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*