नेपाल भ्रमण वर्ष सफल वनाउँदै प्रदेश ३ सरकार

जनपत्र
१७ पुष २०७६, बिहीबार २०:३९

चितवन । प्रदेश तीन सरकारले चितवनको सौराहाबाट नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरेको छ। लामो तयारी पछी प्रदेशकै पर्यटकिय स्थल मध्यको एक चितवनबाट पर्यटन वर्षको सुरुवात गर्दै वषैभरी पर्यटक धेरै भन्दा धेरै भित्रयाउने लक्ष राखेको प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वताउनुभयो ।

प्रदेशका हरेक जिल्लामा केहीन केही कार्यक्रम गर्दै पर्यटन वर्षको कायृक्रम गरिएको मन्त्री नेपालले वताउनुभयो । यो कार्यक्रम सुरुवात मात्रै भएको वताउँदै संघीय सरकारको पर्यटन वर्षको लक्ष पुरा गर्दै प्रदेशमा धेरै भन्दा धेरै पर्यटक भित्रयाउन लागिपर्ने मन्त्री नेपालले वतायउनुधभयो ।

प्रदेश सरकारले पर्यटन वर्षको सौराहामा भव्यताका साथ उद्घाटन गरेको हो। प्रदेश सरकारका सभामुख सानुकुमार श्रेष्ठले पर्यटकलाई भित्रयाउन धेरै राम्रा कार्यक्रम प्रदेश सरकारले ल्याएको वताउनुभयो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणकुमार नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सयुक्त रुपमा भ्रमण वर्षको उद्घाटन गरेका हुन्। भ्रमण वर्षको उद्घाटन पछि सौराहको साँझ धपक्क बलेको थियो।

सौराहामा प्रदेश तीनका कला, संस्कृति र भेषभूषा प्रदर्शन समेत भएको थियो। पर्यटन वर्षको उद्घाटनमा आएका प्रदेश सरकारका मन्त्री, सांसद तथा विदेशी पर्यटकहरु सौराहाको गैंडा चोकमा नाचेका थिए। पर्यटन वर्षको लागि प्रदेश सरकारले विभिन्न झाँकी, खैँजेडी भजन, लोकदोहोरी लगायतलाई सौराहामा ल्याएको थियो।

सौराहामा रात्रीकालिन समय सम्म आन्तरिक तथा बाह्य पर्यटनहरु उल्लेख्य मात्रामा रमाईरहेका थिए। पर्यटन बर्षको आगमनसँगै सौराहाका सडकहरु भरिभराउ रहेका छन्। सौराहा हात्तिचोकमा चितवनका पर्यटन क्षेत्रको प्रचार भइरहेका थिए भने,सौराहाका होटलहरुमा दिपावली गरिएको छ।

प्रदेश ३ सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै एक अर्ब ६५ करोड रुपैयाँ बराबरको बजेट पर्यटन प्रवर्द्धनका लागि खर्च गर्ने भएको छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन आयोजनामार्फत काम गर्न लागिएको हो । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालका अनुसार पर्यटकीय क्षेत्रको प्रचार प्रसारका कामसँगै चालु आर्थिक वर्षमा तीनवटा हिल स्टेशन निर्माण गर्ने र अरु चारवटा हिल स्टेशन निर्माण गर्ने तयारी रहेको छ ।

यस्तै मन्त्रालयले १३ वटा पर्यटन ग्राम निर्माण गर्ने, १० वटा पर्यटकीय गन्तव्यका रुपमा काम गर्ने तयारी पनि गरिएको छ । पर्यटन प्रवर्द्धनको काम तल्लो स्तरसम्म पनि गर्दै लैजाने तयारी गरिएको मन्त्री नेपालले बताउनुभयो ।

मन्त्रालयले ‘भ्रमण वर्ष २०२०’ का अवसरमा एक दर्जन कार्यक्रमको तालिका पनि सार्वजनिक गरेको छ । भ्रमण वर्षको उद्घाटनका दिन अर्थात् जनवरी १ मा काठमाण्डौको ठमेल र चितवनको सौराहामा भव्य कार्यक्रम गरिने मन्त्री नेपालले बताउनुभयो ।

प्रदेश सरकारले पर्यटन वर्ष २०२० को पहिलो दिन पुस १६ गते चितवनको सौराहा, चितवन विमानस्थल, मकवानपुरको इन्द्रसरोवर, रसुवागढी नाका र तातोपानी नाकामा गरी ८ वटा कार्यक्रम तय गरेको छ ।

पहिलो फ्लाइटमा चितवन जानेलाई निःशुल्क बसोबास

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश ३ सरकारले पहिलो फ्लाइटबाट भरतपुर आउने २० पर्यटकलाई सौराहामा निःशुल्क बसोबास गराउने घोषणा गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले काठमाण्डौबाट पहिलो हवाई यात्रामा चितवन आउने पर्यटकका लागि एक रात सौराहामा खान बस्न, जंगल तथा हात्ती सफारीको निःशुल्क व्यवस्था गरेको मन्त्री अरुण नेपालले बताउनुभयो ।

संघीय सरकारको निर्णयलाई सघाउँदै प्रदेश सरकार

भ्रमण वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने संघीय सरकारको अभियानलाई सघाउन प्रदेश ३ सरकारले १० वटा स्थानमा हिल स्टेशन सञ्चालन गर्दैछ । मुढे, जिरी, सोम्दाङ, रुबीभ्याली, दामन–चित्लाङ–कुलेखानी कम्प्लेक्स, हेलम्बु–पाँचपोखरी, ललितपुरको कालेश्वर, रामेछापको शिवालय, सिन्धुलीगढी–खुर्कोट, चिम्टेश्वर र ककनी गरी १० स्थानलाई हिल स्टेशन घोषणा गरी ती क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गर्ने गरी कार्यक्रम अगाडि बढाइएको छ । १८ वटा नया“ भ्यूटावर निर्माण गरिन तयारी गरिएको छ ।

 

प्रदेश ३ मा रहेका पदमार्गको विकास, पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्द्धन गर्ने सरकारले योजना बनाएको छ । पर्यटकीय क्षेत्र मात्रै होइन, पूर्वाधार विकासमा पनि प्रदेश सरकारले ध्यान दिएको मन्त्री नेपालले बताउनुभयो । उहाँका अनुसार चितवन, मकवानपुर, धादिङ, काभ्रे, रामेछाप र ललितपुर जिल्लामा अधिकतम पर्यटकलाई पुग्नेगरी होटलहरुको स्तरोन्नती  गर्ने प्रदेश सरकारको योजना रहेको छ ।

महत्वपूर्ण हिमालले पर्यटक लोभ्याउँदै

गौरीशंकर हिमाली पदयात्रा, गणेश हिमाल, जुगल, शैलुङ विकास कार्यक्रम, गोञ्जला पासलाई खुला गरी लाङ्टाङ–गोसाइकुण्ड तथा तातोपानी र गौरीशंकर–रोल्वालिङसँग लिंक गरी पर्यटकीय पदमार्गको विकास गरिने प्रदेश सरकारको तयारी छ । हिमालले धेरै पर्यटक भित्र्याउन सहयोग पुग्ने मन्त्री नेपालले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जमा सफारीमार्ग, ५ वटा पुल, मचान निर्माण गरिनुका साथै शिवपुरी राष्ट्रिय निकुञ्जमा मचान, होमस्टे तथा पदमार्ग विकासका कार्यहरुको थालनी गरिएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पर्यटकीय क्षेत्रको प्रचार प्रसारसँगै चालु आर्थिक वर्ष तीनवटा हिल स्टेशन निर्माण गरिने र अन्य ४ हिल स्टेशन निर्माण गर्ने तयारी रहेको जानकारी गराइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को लागि प्रदेश ३ सरकारले भ्रमण वर्ष २०२० को जनवरीको पहिलो दिन पुस १६ गते चितवनको सौराहा, चितवन विमानस्थल, मकवानपुरको इन्द्रसरोवर, रसुवागढी नाका र तातोपानी नाकामा गरी ८ वटा कार्यक्रम भएको छ । आज डिसेम्बर ३१ मा भने काठमाडौंको ठमेलमा सहभागि भएका विदेशी तथा स्वदेशी पर्यटकलाई कल्चरल डान्स तथा साँस्कृतिक कार्यक्रम गरि मनाउने तयारी रहेको छ ।

पहिलो दिन रसुवा र तातोपानी नाकाबाट विदेशी पाहुनाको स्वागत गर्दै मायाको चिनो र साँस्कृतिक झाँकीसहित खानाको व्यवस्था गर्ने प्रदेश सरकारको कार्यक्रम रहेको छ ।

त्यस्तै पर्यटकको गन्तव्यको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा पर्ने सौराहामा विभिन्न जातीय पहिचान झल्कने साँस्कृतिक कार्यक्रम रहेको पर्यटन मन्त्री अरुण कुमार नेपालले बताए । मन्त्री नेपालका अनुसार १६ गतेबाट ४ दिन सौराहा हात्ती वाक र हात्ती सुन्दरी प्रतियोगिता समेत बताएका छन्, । चितवन विमान स्थलमा आउने पहिलो विदेशी पर्यटकलाई मायाको चिनो तथा स्वागत गर्ने कार्यक्रम समेत रहेको छ ।

त्यस्तै, प्रदेश ३ को राजधानी रहेको मकवानपुर जिल्लामा भने इन्द्रसरोवर गाउँपालिकामा पर्यटन स्तम्भ निर्माण, ईन्द्रसरोवर गाउँपालिकाको सहकार्यमा मन्त्रालयले मार्खुमा साँस्कृतिक कार्यक्रम, पाराग्लाडिङ, पहिलो पर्यटक ३ जनालाई कुलेखानीमा निशुल्क बस्ने व्यवस्था समेत गरेको छ । जनवरी फस्टमानै काभ्रेमा स्तम्भ निर्माणको शिलान्यास सहित विभिन्न कार्यक्रमहरु रहेका छन्, ।

मन्त्रालयले चितवनमा फस्ट फ्लाइट २० जनालाई निशुल्क जंगल सफारी तथा हात्ती सफारी गराउनुका साथै एक रात बस्ने व्यवस्था समेत गरको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*