बियरको बोतल प्रहार गरी दम्पत्तीको हत्या गरेकाे अभियाेगमा २ जना पक्राउ

जनपत्र
१७ पुष २०७६, बिहीबार ०६:२६

काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ८ दाप्चामा दम्पत्तीको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

तल्लो हटियास्थित आफ्नै घरमा किराना पसल संचालन गरी बस्ने ५५ वर्षीय श्याम कृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकु माया श्रेष्ठलाई धारिलो हतियार खुर्पा र बियरको बोतल प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले भैसेपाटीका किरणकुमार मगर र चावहिलका सुमन राईलाई पक्राउ गरेको हो।

२०७६ कात्तिक १९ गते राति ती दम्पत्तीको हत्या भएको घटनाको सम्बन्धमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहेका मगरलाई ललितपुर महानगरपालिका९२५ भैसेपाटी र राईलाई काठमाडौं महानगरपालिका९७ सरस्वतीनगर चावाहिलबाट पक्राउ गरेको हो।

घटनामा प्रयोग भएको हतियार सहित दुबै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेलाई बुझाइएको उक्त व्यूरोले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*