जापानी यन १ लाख १६ हजारसहित भेटिएको झोला हस्तान्तरण

जनपत्र
१५ पुष २०७६, मंगलवार ०६:०३

प्रहरीले विमानस्थलमा भेटाएको १ लाख १६ हजार जापानी यन सहितको झोला सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । सोमबार अपराह्न कोरियन एयरको उडानद्वारा सिउलबाट काठमाडौं आगमन भएका यात्रु गोरखा स्थायी ठेगाना भएका सुनिल सिंहको झोला प्रहरीले भेटाएर उनलाई हस्तान्तरण गरेको हो ।

राहदानी नम्बर ०५५३५०५७ भएका सिंहको झोलामा जापानी यन १ लाख १६ हजार, मोवाइल थान-२ र चस्मा थान-१ रहेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त झोला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ्ग एरियामा फेला पारेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*