तीनकुनेमा एक वृद्धालाई ठक्कर दिएर भागेको टिप्पर क्षेत्रपाटीबाट नियन्त्रणमा

जनपत्र
१४ पुष २०७६, सोमबार ०७:००

शनिबार राति काठमाण्डौको तीनकुनेमा एक वृद्धालाई ठक्कर दिएर भागेको टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बा ३ क १७४२ नम्बरको टिप्परलाई क्षेत्रपाटीबाट नियन्त्रणमा लिइएको तर चालक भने फरार रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

टिप्परको ठक्करबाट ती वृद्धाको ज्यान गएको थियो । दुर्घटनामा ज्यान गुमाएका वृद्धाको परिचय भने नखुलेको र चालकको खोजी भइरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*