अपडेटः इन्द्रसरोवर सुमो दुर्घटनाका मृतक र घाइते सबैको पहिचान खुल्यो

जनपत्र
१२ पुष २०७६, शनिबार ०६:३०

हेटौंडा/मकवानपुरको भिमफेदी–कुलेखानी–सिस्नेरी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर ३ ओखरडाँडामा शुक्रबार दिउँसो रौतहटको चन्द्रपुरबाट काठमाडौं तर्फ जाँदै गरेको ना १ ज ३४३३ नम्बरको शिखरापुर यातायातको सुमो दुर्घटनामा परी मृत्यु हुने ५ जनाको पहिचान खुलेको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चन्द्रपुर बस्ने अन्दाजी ३५ बर्षीया सृजना बिक, उनका श्रीमान मनिष विक, रौतहट चन्द्रपुर नगरपालिका ६ झनझने टोल बस्ने ७४ बर्षीय केदार तिमिल्सिना, सिन्धुली दुधौली नगरपालिका ५ काबस्ने ५८ बर्षीय नेत्रमान रुसाल ‘भुजेल’ र उनकी श्रीमती ५२ वर्षीया भक्तकुमारी रुसाल ‘भुजेल’ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिएका छिन् ।
दुर्घटनामा घाइते हुने ४ जनामा सुमो चालक हेटौंडा–१७ का २८ वर्षका अनिल बिक, सर्लाही बागमती नगरपालिका ३ का २७ बर्षीय रंजित रिजाल, रौतहट गरुडा नगरपालिका ५ का नन्दकिशोर शाह र रौतहट माधव नारायण नगरपालिका ५ का ५५ बर्षीय जय शाह रहेको प्रहरीले जनाएको छ । नन्द किशोरको मेडिसिटि अस्पतलमा आइसियुमा राखेर उपचार भइरहेको र ३ जनाको बयोधा र मेडिसिटि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*