पक्राउ परेका चिनिया नागरिकलाई नेपालको कानुनअनुसार नै कारबाही गर्न माग

जनपत्र
१२ पुष २०७६, शनिबार ०६:२३

सरकारले नेपालमा रहेर विभिन्न अपराधमा संलग्न भएको आशकांमा पक्राउ गरेका चिनिया नागरिकलाई उनीहरुकै मुलुक फर्काउने तयारी गरेको छ । नेपालमा अपराध भएपछि नेपालकै कानुनअनुसार कारवाही गरिनुपर्ने हो । तर उनीहरुलाई चीन नै पठाइदिने तयारी भइरहेको छ । कानुनका ज्ञाताहरुले सरकारको यो तयारीप्रति प्रश्न उठाएका छन् ।

राजधानीका विभिन्न स्थानबाट सोमबार पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिक अध्यागमन नियम उल्लंघनबाहेक अर्को कसुरमा संलग्न रहेको भेटिएको छैन । लामो अनुसन्धान गरेर पक्राउ गरिएको दाबी प्रहरीले गरिरहेको छ । मनमैजु, बासबारी र बुढानिलकण्ठबाट पनि धेरै चिनियाँ नागरिकहरु छापा मार्नुअघि नै उम्किएका थिए ।

पक्राउ परेको चिनिया नागरिकलाई महानगरीय प्रहरी परिसर काठमाडौंको प्रारम्भिक अनुसन्धानअनुसार आपराधिक कार्यमा संलग्नता नखुलेको भन्दै स्वदेश फर्काउने तयारी सरकारले गरिरहेको छ । नेपालमा पक्राउ परेका चिनियाँ दोषी ठहर भए नेपालकै कानुनअनुसार कारवाहीको भागिदार हुने र निर्दोष ठहरिए ससम्मान रिहा हुनुपर्ने कानुनका जानकारहरुको प्रतिक्रिया छ । पक्राउ गरिसकेका कुनै पनि देशका नागरिकलाई कानुनी कारवाही अघि नबढाई सम्बन्धित देश पठाउँदा दण्डहीनताले प्रश्रय पाउने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको धारणा छ ।

नेपाल प्रहरीका पूर्व डिआईजि केशव अधिकारीका अनुसार विदेशीमाथि निगरानी गर्ने प्रणालीनै कमजोर बन्दैगएको छ । विदेशीको अनाधृकृत आगमनलाई नियन्त्रण गर्न नेपालमा वायो म्याट्रिक प्रणाली विकसित गर्न आवश्यक रहेको मान्यता उनले राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*