‘स्वदेशी उद्योग बचाउने दायित्व सरकारको’

जनपत्र
१२ पुष २०७६, शनिबार ०६:२०

साढे दुई दशकको इतिहास रहेको स्वदेशी वाइन उद्योगको बजार विस्तार हुँदै जाँदा उद्योगहरूको संख्या करीब दुई दर्जन पुगेको छ। उच्च वर्गमा सीमित वाइन पछिल्लो एक दशकदेखि नेपाली बजार सुहाउँदो उत्पादन, मूल्यका कारण मध्यम र निम्नमध्यम वर्गमा प्रिय बनिरहेको छ। तर, चालु आर्थिक वर्षको आर्थिक ऐन स्वदेशी वाइन उद्योगका लागि ‘अभिशाप’ झैं बनेको छ।

यसअघि स्वदेशी फलफूलबाट उत्पादित वाइनलाई प्रतिलिटर रु। १३५ र आयातीत विदेशी वाइनलाई रु। ३७० अन्तशुल्क तोकिएको थियो। तर, नयाँ आर्थिक ऐनले विदेशबाट आयातित फलफूलको कच्चा पदार्थ प्रयोग गर्ने स्वदेशी उद्योगलाई ‘अन्य’ शीर्षकमा राखेर प्रतिलिटर रु। ३७० नै तिर्नुपर्ने व्यवस्था गर्‍यो। उद्योगीको निरन्तरको गुनासोपछि गएको कात्तिाक अन्तिम साता सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर यो अन्तशुल्क दरमा ३० प्रतिशत छूट दिने व्यवस्था गर्‍यो। तर, स्वदेशी वाइन उद्योगीहरूले सरकारले छूट दिएको अन्तशुल्क दरमा पनि वाइन उत्पादन र बिक्री गर्न नसकिने भन्दै उद्योग नै धरासायी हुने बताउँदै आएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*