सिद्धबाबाको मुद्धा हेर्दाहेर्दैमा, अदालतबाहिर नाराबाजी

जनपत्र
१२ पुष २०७६, शनिबार ०६:०६

आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको बयान सकिएको छ । शुक्रबार जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासमा उनको बयान भएको हो ।

अदालतले बयान लिइरहँदा अदालत बाहिर भने सिद्धबाबा पक्ष र महिला अधिकारकर्मीले नाराबाजी गरिरहेका थिए । प्रवेश द्धारको दायाँ सिद्धबाबाका अनुयायीहरुले जय जय राम, जय श्रीराम भन्दै नारा लगाउँदा अधिकारकर्मीहरुले भने बलात्कारीलाई कारबाही गर भन्दै नाराबाजी गरे । विराट नर्सिङहोमबाट सिद्धबाबालाई बयानका लागि लगिएपछि सुरु भएको पक्ष विपक्षको नाराबाजी दिनभरजसो चल्यो ।

शुक्रबार बयान सकिएपछि अदालतले मुद्धा हेर्दा हेर्दैमा राखेको छ । आइतबारबाट मुद्दामा थुनछेक बहस हुनेछ । बसहका लागि महिलाको पक्षमा चारजना सरकारी र दुई निजी वकिलले बहस गर्नेछन् । कृष्णबहादुर गिरीको तर्फबाट पाँचजना वकिले बहस गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*