धरोहरका रुपमा उठ्दैछ धरहरा : तेस्रो तला निर्माण सम्पन्न

जनपत्र
१२ पुष २०७६, शनिबार ०६:००

ऐतिहासिक तथा पुरातात्विक महत्वको रूपमा रहेको काठमाडौं धरहराको निर्माण कार्य तिव्र पारिएको छ । एक वर्ष अर्थात सन् २०२० को ६ अक्टोबरभित्र सकिने गरी निर्माण भइरहेको धरहरा अत्याधुनिक प्रविधिमा २२ तलाको हुनेछ । नयाँ धरहराको निर्माण कार्य तिव्र पारिएको राष्ट्रिय पुनःनिर्माण प्रधिकरणका विज्ञ राजुमान मानन्धरले बताए ।
एक वर्षअघि अर्थात सन् २०१८ को अक्टुबर ७ तारिखदेखि धरहराको निर्माण कार्य सुरु भए पनि हालसम्म उक्त भौतिक संरचनाको करिब ३२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको विज्ञ मानन्धरले बताए । हालसम्म उक्त प्रोजेक्टमा ७० करोड ३१ लाख रुपैयाँ खर्च भएको उनले बताए । ६१ करोड निर्माण कम्पनीले मोबिलाइजेसन रकम प्रारम्भिक चरणमा प्राधिकरणबाट लिएको छ । भीमसेन थापाले निर्माण गरेको उक्त धरहराको पहिलाको स्वरूप नयाँ प्रविधिलाई प्रयोग गरी हरेक तलामा पहिलाकै जस्तै झ्याल रहने भएको विज्ञ मानन्धरले बताए । मानन्धरका अनुसार अत्याधुनिक प्रविधि ढलान ९कंक्रिट० मा दुईतल्ले अण्डरग्राउण्ड ९भुइँतला०सहितको धराहरा २२ तले पुरानै शैलीमा नयाँ संरचनामा निर्माण गरिने भएको हो ।
भूकम्प प्रतिरोधात्मक निर्माण हुने उक्त धरहराको तेस्रो तलासम्मको ढलान कार्य सम्पन्न भएको विज्ञ मानन्धरले बताए । उनका अनुसार हरेक १५ दिनमा एक तला ढलान गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढेको छ । काठमाण्डौं मलसंगै जोडिएकोले उक्त पोजेक्ट निर्माणको क्रममा मलको केही चोसो परेको भाग भत्काउनु पर्ने भएको छ । उक्त प्रोजेक्टको लागि हाल दैनिकजसो १ सय ५० देखि २ सय ५० जना मजदुर प्रयोग भएको उनले जनाए । उक्त प्रोजेक्टमा प्रयोग हुने करिब ९० प्रतिशत नेपाली उत्पादन भएको विज्ञ मानन्धरले बताए । ३ अर्ब ८ करोडको उक्त प्रोजेक्टमा करिब २ सय ७० वटा पाइरिङ पिलर रहने भएका छन् ।

मानन्धरले भने, “यो हामी नेपालीको ऐतिहासिक र पहिचान भएको धरहरा, अब यसलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नु पर्छ, धरहराको दिगो विकासको लागि धरहराको आम्दानीले नै धरहराको मर्मतसंहार गर्नु पर्छ ।” धरहरा क्षेत्रभित्र रहेको सुन्धाराको समेत संरक्षण गरिने विज्ञ मानन्धरले बताए । हाल सुन्धाराको भागलाई तारबारले ढाकिएको छ, पहिलो चरणमा धरहरा निर्माण कार्य सकिएसंगै दोश्रो चरणमा त्यसको संरक्षण गरी धाराबाट पानी आउने गरी निर्माण गनिरे भएको छ । धरहराको टुप्पोसम्म जान दुई वटा लिफ्टको व्यवस्था गरिने भएको छ भने फलामक भ¥याङसमेत रहने भएको छ ।
प्रति लिफ्ट एक पटकमा १० जनाको क्षमताको हुने भएको छ । मासिक हाल करिब ९ करोडको खर्च भएकोमा आगामी एक वर्ष भित्र उक्त प्रोजेक्ट सम्पन्न गर्न करिब २० करोड भन्दा बढी खर्च गर्नुपर्ने उनले सुझाव दिए । ८० मिटर अग्लो उक्त धरहरा निर्माण भए पश्चात काठमाडौंका अधिकांश भाग देखिने र एकै पटकमा २२ तले धरहराको माथिल्लो टावरबाट ४५ जनाले अवलोकन गर्न सकिने ढंगले संरचना निर्माण गर्न लागेको विज्ञ मानन्धरले जनाए । साढे ४२ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त धराहरासंगै आकर्षक पानीको फोहोरा सहितको बगैँचा, रेस्टुराँ, पार्किङ, नेपालका भौलिक झल्कने बस्तु सहितका हस्तकलाको सामानहरूको बिक्रि कक्ष सहितको भौतिक संरचना निर्माण हुने भएको उनले जनाए ।
टक्सारका पुराना मेसिन, छापिएका मुद्रा र गोश्वारा हुलाकका ऐतिहासिक टिकट लगायतका सामग्री राखेर संग्रहालय समेत राखिने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणले आव्हान गरेको ग्लोबल टेण्डरमा विभिन्न कम्पनी मध्य नेपाली र चीनको ज्वाइन्ट भेञ्चरमा प्रस्ताव पेश भएको जीआईटिसी— रमन जेभीले उक्त प्रोजेक्ट निर्माण गर्ने जिम्मा पाएको हो ।
२०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले भत्काएपछि धराहरा पुनः निर्माण करिब ४ वर्षसम्म निर्माण कार्य अघि बढ्न सकेको थिएन । करिब एक वर्षअघि अर्थात २०७५ पुस २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको शिलान्यास गरेका थिए । ठूलो क्षेत्रमा तारबार लगायर भित्र काम गर्नु परेकोले गर्दा स्थानियले बाटो खुलाउन माग गर्दै आएका छन् । खिचापोखरीका स्थानीयले टुँडिखेल जाने बाटो धरहरा हुदै भएकोले बाटो खुलाउन माग गर्दै आएका हुन्। कारोबारडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*