काठमाण्डौंका सडक चिल्ला बन्दै, नेम्वाङं र दाहालले देखाए साच्चै प्रगती

जनपत्र
११ पुष २०७६, शुक्रबार १८:५६

काठमाण्डौं । काठमाण्डौंको खाल्टाखुल्टीले सरकारको निकै आलोचना भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन पटक त काठमाण्डौंको खाल्टाखुल्टी टाल्न मात्र विभागीय मन्त्री लगाएत सरोकार निकायलाई कडा निर्देशन नै दिए । तर, खासै प्रगती भएन । सरोकार मन्त्रालयले माखो मार्न सकेन ।

करिब एक महिनाअघि प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् नै हेरफेर गरे । अनि हटाइदिए आलोचित भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई । महासेठको बर्हिगमनपछि भने मन्त्रालय सुध्रिने र जनताले थाहा पाउने गरि विकासे कामले गति लिने आसा लिएका थिए । ठिक स्थान ठिक मान्छे भने जस्तै जनताको त्यो आसा विस्तारै सडकमा सन्तोषजनक देखिदैछ ।

यस मन्त्रालयको नेतृत्व गर्न आइपुगे वसन्त नेम्वाङं । त्यससँगै प्रधानमन्त्री ओलीले आफनो कानुनी सल्लाहकारमा निमार्ण क्षेत्रकै एक पोख्त कानुनविज्ञ बाबुराम दाहाललाई नियुक्त गरे । लामो समयदेखि निमार्ण क्षेत्रमा वकालत गर्दै आएका दाहाललाई भौतिक पूर्वाधारको क्षेत्रमा निकै ज्ञान छ ।

प्रधानमन्त्री ओलीले सम्वन्धीत मन्त्री र सल्लाहकार दाहाललाई तत्काल सडक स्तरउन्नती गर्न निर्देशन दिए । पहिलो चरणमा भौतिक पूर्वाधारसँग सम्वन्धीत निकायको एउटा संरचना बनाइयो । त्यसपछि सुरु भयो काठमाण्डौं उपत्यकाको खाल्टाखुल्टी टाल्ने काम होइन कालोपत्रे नै गर्ने काम ।

त्यसको परिणाम केही दिन यतादेखि काठमाण्डौका सडक चिल्ला राम्रा बनेका छन् । माइतीघर मण्डलदेखि कालोपत्र गर्न सुरु गरिएको काम नक्सालसम्म पुगिसकेको छ । कालोपत्रे मात्र होइन कालोपत्रेसँगै सडक चिन्ह बनाउने काम पनि सँगै भइरहेको छ ।

करिब तीन महिनाभित्र काठमाण्डौंका मुख्यमुख्य सडक मात्र होइन भित्री सडक पनि कालोपत्रे नै गर्ने योजना रहेको प्रधानमन्त्रीका कानुनी सल्लाहकार दाहाल बताउँछन् ।

असार, साउन नै कुर्ने चलन गए, तपाईहरुले सडक देखेपछि कामको तिव्रता मुल्यांकन गर्न सक्नुहुन्छ उनको भनाई छ । हामी योजनावद्ध रुपमा लागेका छौ । सडक कालोपत्रे मात्र होइन, निमार्ण अलपत्र भएर बसेका सडक पनि छिटै निमार्ण भइसक्ने छ, उनको भनाई छ ।

नयाँ वानेश्वर, तीनकुने, जावलाखेल, नक्साल, वालुवाटार, कमलपोखरी क्षेत्रको सडक कालोपत्रे भइसकेको छ । त्यसैगरि भित्री सडक पनि कालोपत्रे गर्ने कामले तिव्रता पाएको छ । त्यसैगरि वाग्मती, धोविखोला, मनुमन्ते करिडोर निमार्णले पनि तिव्रता पाउने गरि काम भइरहेको छ ।

विभागीय मन्त्री नेम्वाङं, महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रधानमन्त्रीका कानुनी सल्लाहकार दाहाल दिनरात नभनी सडक अनुगमनमा हिडिरहेका छन् ।

काम भइरहेकै स्थानमा पुग्ने गरेका छौ हामीले क्वालिटी चेक पनि गरिरहेका छौं, आज कालोपत्रे गर्ने अनि भोली नै उप्किने त्यो झारा टार्ने काम अब हुँदैन, राम्रो काम गर्नेलाई पुरस्कार पनि दिन्छौ वेइमानी गर्नेलाई तत्काल दण्ड पनि दिन्छौ, दाहालले भने ।

केही दिन अघि मन्त्री नेम्वाङ सडक कालोपत्रे कामको अवस्था बुझन कसैलाई पत्तै नदिइ निमार्ण स्थलमा पुगेका थिए । त्यसबाट पनि काम चोर ठेकेदारलाई त्रास बढेको छ भने राम्रो काम गर्नेलाई हौसला बढेको छ ।

सडक मात्र मात्र होइन मेलम्चीको पाइन गाड्दा बिग्रिएका सडक पेटी पनि तत्काल सुधार हुन्छ, दाहालले भने । सडक, पेटी निमार्णमा हामीले प्राथमिकताका आधारमा सुधार गर्ने योजना बनाएको पनि दाहालले सुनाए ।

अहिलेको कामको तिव्रताले निरन्तरता पाउनेमा अहिले भने सवैलाई आसा पलाएको छ । जनता भन्छन, धुलो धुँवावाट मुक्त गरियोस, दाहाल भन्छन गरि छोड्छौ ।  काठमाण्डौं टिभी एचडीबाट साभार ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*