मकवानपुरको इन्द्रसरोवरमा सुमो दुर्घट्ना, तीनजनाको मृत्यु, पाँचजना गम्भिर घाईते

जनपत्र
११ पुष २०७६, शुक्रबार १४:१४

हेटौँडा/मकवानपुरको भिमफेदी कुलेखानी सिस्नेरी सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका ३ ओखरडाँडामा सुमो दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
रौतहटको चन्द्रपुरबाट काठमाडौं तर्फ जाँदै गरेको ना १ ज ३४३३ नम्बरको शिखरापुर यातायातको सुमो दुर्घटना हुँदा ३ जना मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जनाकारी दिएका छन्।
उक्त दुर्घटनामा ५ जना घाइते भएका र उनिहरूको उपचारको लागि हेटौंडा ल्याउदै गरेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*