सात महिनाअघि बन्यो २८ करोडको पक्की पुल, ठेकेदारलाई सम्मान

जनपत्र
११ पुष २०७६, शुक्रबार ०६:०८

सरकारले तोकेको भन्दा सात महिना अघि नै पुल बनाउने एकजना ठेकेदार सम्मानित भएका छन्। घोराही(तुलसीपुर सडक खण्डको ग्वार खोलामाथिको पुल निर्धारित समय भन्दा सात महिना अगाडि निर्माण गर्ने कालिका(रसुवा जेभी कन्ट्रशनका प्रतिनिधि सिनेटमान श्रेष्ठलाई सम्मान गरिएको हो।
उनलाई बिहीबार घोराही उप-महानगरपालिकाका प्रमुख नरुलाल चौधरीसहितले सम्मान गरेका हुन्। श्रेष्ठलाई लमही नगरपालिका प्रमुख कुलबहादुर केसी, बबई गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेल, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल, महासचिव नरेश कार्की, प्रेस संगठन दाङका अध्यक्ष प्रकाश चौधरीसहितले माला, खादा तथा सम्मानपत्र दिएर सम्मानित गरेका हुन्।
श्रेष्ठलाई सम्मान गर्ने कार्यक्रममा उद्योग वाणिज्य संघ बिजौरीको टोलीले नै सहभागी थियो। यसरी बन्यो पुल ग्वार पुलको निर्माण गर्ने जिम्मा कालिका-रसुवा जेभीको रसुवा निर्माण कन्ट्रक्सन कम्पनीले वि।सं। २०७४ साल असार ११ गते पाएको थियो। निर्माण कम्पनीले आगामी असार मसान्तसम्म हस्तान्तरण गर्ने सम्झौता भए पनि मङ्सिर अन्तिमा नै सम्पन्न गरेको हो। पुलको भुक्तानी तथा प्राविधकको काम पुल योजना महाशाखा सेक्टर नंम्बर ३ बाँकेको छ। महाशाखाका इञ्जिनियर विश्व केसीले २८ करोड ३७ लाख ६६ हजारको लागतमा पुल निर्माण सम्पन्न भएको बताए।
उनले २२० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको पक्की पुल निर्माणका लागि कार्यालयले विसं २०७४ असार ११ गते सम्झौता गरी २०७७ साल असारसम्ममा निर्माण गर्ने गरी जिम्मेवारी दिएकामा निर्माण कम्पनीले सात महिना अगाडि निर्माण सकेर बुधबारदेखि सञ्चालनमा ल्याएको पनि जानकारी दिए। उनका अनुसार कार्यालयले भौतिक पूर्वाधार मन्त्रालयमा पुल निर्माण सम्पन्न भइसकेको लिखित जानकारी गराइसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*