दोलखाकी एक सुत्केरीको हवाइ उद्धार
दोलखा बिगु गाउँपालिका वडा नम्बर ८ खोपाचागुकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बिहीबार बिहान सुत्केरी भएलगत्तै श्वासप्रश्वासमा जटिल समस्या देखिएकी सुष्मा श्रेष्ठ खड्कालाई हवाइ उद्धार गरि काठमाडौं ल्याइएको हो ।
उनको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।






