माटोको ढिस्कोले ६ जना पुरिए, एकको मृत्यु

सुन्दरबजारमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ। बुधबार सुन्दरबजार(६ नमुना टोलस्थित वामदेव गौलीको घरमा वालको काम गर्ने क्रममा माटोको ढिस्को खसेर चितवनको राप्ती नगरपालिका(३ का २५ वर्षीय संगम चेपाङको मृत्यु भएको हो।
प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङका अनुसार ६ जना पुरिएका थिए। पुरिएर घाइते भएकामध्ये दोर्दी गाउँपालिका(८ का ५२ वर्षीय बलबहादुर तामाङ गम्भीर छन्। उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको र सुन्दरबजारस्थित कर्मदा अस्पतालमा उपचार भइरहेको छ।