यी रोगबाट छुटकारा पाउन खानुहोस् रायोको साग, हुन्छ यस्तो फाइदै फाइदा

जनपत्र
१० पुष २०७६, बिहीबार ०६:२४

जाडोको समयमा घरघरमा सजिलै पाइने तरकारी हो रायोको साग । प्रशस्त मात्रामा भिटामिन पाइने रायोको सागको सेबनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । यसको सेबन गर्नाले रतन्धोलगायत आँखाका सम्पूर्ण समस्या समाधान गर्छ । सागमा पाइने म्याग्नेसियम र फोलेट तत्वले शरीरमा जम्मा भएका विकारलाई बाहिर फ्याक्छ ।

त्यस्तै सागमा भिटामिन के पाइने हुनाले महिलालाई यसको सेबनले महिनावारीका बेला जीउ दुख्ने समस्या कम हुन्छ । यसमा पाइने भिटामिन केले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्नबाट जोगाउछ । सागले दिमागको सम्झने क्षमता पनि बढाउछ ।

यसमा पाइने भिटामिन सीले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन समस्याबाट जोगाउछ । साग सेबन बाथका रोगीका लागी राम्रो मानिन्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*