लमजुङबाटै लिए भारतीय नागरिकले नेपाली नागरिकता, वडा अध्यक्षले चिम्लिए आँखा

जनपत्र
१० पुष २०७६, बिहीबार ०६:२१

एक भारतीय नागरिकले जिल्ला प्रशासन कार्यालय लमजुङबाट नेपाली नागरिकता लिएको विषय सार्वजनिक भएपछि नागरिकता वितरणमा संलग्नहरु विवादमा तानिएका छन्।

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं। ९ निवासी शुशीला दमै र मंगले दमैलाई नक्कली आमाबुवा बनाई अशोक परियारले नागरिकता बनाएपछि उनी फरार भएका छन् भने नागरिकता बनाउन सिफारिस गर्नेहरु अहिले आएर विवादमा तानिएका छन्। बिगत केही बर्षदेखि मर्स्याङदी गाउँपालिका वडा नं। ९ सिम्पानीमा बस्दै आएका थिए।

२०७३ माघ २८ गते जन्मदर्ता बनाएका अशोकले २०७६ कार्तिक १ गते नागरिकता लिनका लागि वडाबाट मुचुल्का बनाएका थिए। वडा मुचुल्का बनाए लगत्तै नागरिकताको सिफारिस लिन वडा कार्यालय पुगेका उनले वडाअध्यक्ष नारायण थापाले नागरिकताको अनुसुचि सहित सिफारिस प्रदान गरेका थिए । सोही सिफारिसको आधारमा उनले जिल्ला प्रशासन कार्यालय लमजुङबाट ४५०१७६०२९६६ नागरिकता लिएका थिए। तर उनले लिएको नागरिकताको रेकर्ड भने जिल्ला प्रशासन कार्यालयले सार्बजनिक गर्न मानेको छैन।

भारतीय नागरिकले नागरिकता लिएको बिषय सार्बजनिक भएपछि यथार्थ छानबीन गरी दोषीमाथी कारवाही गर्न जिल्ला प्रशासन कार्यालय लमजुङ र जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी परेपनि प्रशासनले उजुरीलाई गम्भिर रुपमा लिएको छैन । प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले नागरिकतालाई बदर गरेको जनाएपनि सो नागरिकताको रेकर्ड दिन र नागरिकता एबं जन्मदर्ता बनाउन संलग्न ब्यक्तिलाई कारवाहीको दायरामा ल्याउन चासो नदेखाएको स्थानियहरुले जनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*