भाई बुहारीको ज्यान लिएको आरोपमा जेठाजु प्रहरी नियन्त्रणमा

जनपत्र
१० पुष २०७६, बिहीबार ०६:१३

धनुषामा भाई बुहारीको ज्यान लिएको आरोपमा फरार रहेका जेठाजु श्रीप्रसाद पंजियारलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । बुहारीको ज्यान लिइ फरार भएका पंजियारलाई आज बुधाबार राति २४ घण्टा नबितदै धनुषा प्रहरीले जनकपुरबाट नै नियन्त्रणमा लिएको धनुषा प्रहरी श्रोतले जानकारी दिएको छ ।

पंजियारलाई कसरी कुन स्थानबाट पक्राउ गरेको भने प्रहरीले खोलेको छैन । ज्यान किन लियो त्यस वारे अनुसन्धान अगाडि बढाइएको धनुषा प्रहरीले बताए । जेठाजुले बुहारीमाथि धारिलो हतियार ९खुकुरी० प्रयोग गरी ज्यान लिएको जनाइएको छ । धनुषाको मिथिला नगरपालिका वड़ा नंबर ९ मा धारिलो खुकुरी प्रयोग गरीएको रानी देवी पंजियारलाई उपचारको लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा ल्याइएको थियो तर उपचारको क्रममा उनको ज्यान गएको थियो ।

जनकपुर उपमहानगरपालिका २१ कुर्था घर रहेकी रानिदेवी पंजियारलाई आफ्नै जेठाजुले धारिलो हतियार प्रयोग गरेर ज्यान लिएको धनुषा प्रहरीले जनाएको थियो । ज्यान गुमाएका रानिदेवीले प्राण त्यागनु पूर्व आफ्नो जेठानको नाम लिएकी थिइन्। जेठाजुले नै खुकुरी प्रहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*