सरकारको ८ बुँदे निर्देशनः छाउगोठमा राख्‍नेकाे भत्ता र सहुलीयत कर्जा रोक्नु

जनपत्र
९ पुष २०७६, बुधबार ०६:४७

हिनावारी भएका बेला घरभन्दा टाढा गोठमा राख्ने कुरुती रोक्न संघीय सरकारले परिपत्र गरेको छ। विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा महिलालाई छाउगोठमा राख्ने प्रचलन रहेकोमा यसले गर्दा विभिन्न घटना हुने क्रम बढेपछि गृह मन्त्रालयले मंगलबार जिल्ला प्रशासन कार्यालयलाई ८ बुँदे परिपत्र गरेको हो।  गृहले यसरी महिलालाई छाउगोठमा राख्नेको सामाजिक सुरक्षा भत्ता रोक्न र सहुलियत कर्जा लगायतका सरकारी सेवासुविधा रोक्न पनि निर्देशन दिएको छ।

सरकारले प्रहरी, समुदाय र स्थानीय तहसँग समन्वय गरी तत्काल छाउगोठ नष्ट गर्न भनेको छ। मुलुकी अपराध संहिताको दफा १६८ को उपदफा ३ मा ‘महिलाको रजस्वला भएको वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्‍न वा कुनै किसिमका भेदभाव, छुवाछुत र अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन । छाउगोठमा बस्ने वा बस्न लगाउन बाध्य पार्ने व्यक्तिलाई ३ महिनासम्म कैद र ३ हजारसम्म जरिवाना सजाय हुने कानुनी व्यवस्था समेत छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*