सरकारबाट समाजवादी पार्टीकोे बहिर्गमन, प्रदेश २ मा पनि सरकार परिवर्तनको संकेत

जनपत्र
९ पुष २०७६, बुधबार ०६:०४

संविधान संशोधनको मागसहित सरकारमा सामेल भएको १९ महिनापछि समाजवादी पार्टीले सरकार छोडेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीसँग संविधान संशोधन गर्ने सहमति गर्दै गएको २०७५ जेठमा सरकारमा सामेल भएको समाजवादी पार्टी १९ महिनापछि सरकार छाडेको हो ।

सरकारमा सहभागी हुँदाका बेला आफूहरुसँग गरिएको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री उदासिन भएपछि बाध्य भएर सरकारबाट बाहिरिने निर्णय गरिएको पार्टीले जनाएको छ । तत्कालीन समाजवादी फोरम नेपालका अध्यक्ष रहनुभएका उपेन्द्र यादवको नेतृत्वमा पार्टी सरकारमा सहभागी भएको थियो । सरकारमा सहभागी हुँदा उसले सत्ताको बागडोर सम्हालेको नेपाल कम्युनिष्ट पार्टीसँग दुई बुँदे सहमति गरेको थियो ।

२०७५ जेठ १४ गते भएको सहमतिमा समाजवादी पार्टीले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरु देश र नागरिकको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गर्ने उल्लेख थियो । यस्तै सरकारले गर्न सक्ने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गर्ने पनि उल्लेख गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*