मकवानपुरको वागमतीमा मोटरसाईकल दुर्घटना, घलानको मृत्यु

जनपत्र
८ पुष २०७६, मंगलवार ११:१४

हेटौंडा । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर ७ लाला भित्तिमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ। धरान चतरा सडक खण्ड अन्तर्गत लालाभित्तामा दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको हो ।

सोमबार राति झुरझुरेबाट फापरबारी तर्फ आउँदै गरेको बा ९९ प ३३३१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकल चालक बागमती गाउँपालिका ७ बस्ने २३ बर्षीय अमर घलानको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जनाकारी दिएका छन्।

उनको उपचारको क्रममा हेटौडा अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ। उनको शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*