मकवानपुरको सामुदायिक छलफल केन्द्रले ल्यायो परिवर्तन

जनपत्र
७ पुष २०७६, सोमबार १८:१५

नारी सिप सृजना केन्द्र नेपालले संचालन गरेको परियोजना अगतरगत गठन गरेको सामुदायिक छलफल केन्दले समाजमा सकारात्मक परिवर्तन देखिएको छ ।

नारी सिप सृजना केन्द्र नेपालले ए.डब्लु.ओ. ईन्टरनेशनलसंगको साझेदारीतामा मकवानपुर जिल्लामा संचालन गरिरहेको मकवानपुरमा मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन परियोजना अन्तर्गत १० वटा सामुदायिक छलफल केन्द्र गठन भएको थियो । जस मध्ये हेटौडा १५ फायरलाइनमा गठन गरिएको फायरलाइन सामुदायिक छलफल केन्द्र पनि एक हो ।

गत चैत्र ४ गतेदेखि संचालित छलफल केन्द्रमा सुरुको अबस्थामा बेचविखन, स्थानागमन, बैदेशिक यात्राको क्रममा अपनाउन पर्ने प्रकृया बारेमा सबैजसो अन्जान थियो । छलफल केन्द्रको प्रत्येक महिनाको ६ गते हुने छलफलमा मानव बेचविखन रोकथामका उपाय, बैदेशिक यात्राको क्रममा अपनाउनु पर्ने प्रकृया, सुरक्षित स्थानागमन, एच.आई.भि. एड्स, घरेलु हिंसाका कसुर ऐन, बाल बिवाह सम्बधि कानुन, महिला हिंसाका सजाय, लागु औषध दुरुपयोगका रोकथाम आदि जस्ता सम्बन्धित बिभिन्न बिषयमा छलफल हुने गरेपछि ज्ञानसंगै आत्मबिश्वास बढेको देखिएको कार्यक्रम संयोजक ज्योति बम्जनले बताउनु भयो ।

सुरुमा छलफल केन्द्रमा आउन नमान्नेहरु अहिले निर्धक परिचय दिने, आफ्नो समस्या राख्न सक्ने, नियमित बैठकमा आउने र समुदायमा सकरात्मक सोचका साथ सक्रिय भएको फिल्ड कोअनिनेटर कविता बिडारीले बताउनु भयो । परियोजनाले बिभिन्न कार्यक्रम तथा तालिम मार्फत सीप विकास र जिविकोपार्जनलाई सहज बनाउन सहयोग पुगेको आउट रिच संयोजक प्रतिक्षा भट्टराईले बताउनु भयो । सुरुमा बैठक संचालन गर्ने क्रममा निकै कठिन भएता पनि पछि अहिले जानकारी मुलक बिषयबस्तुले धेरै परिवर्तन आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*