केमिकल मिसाएर शुद्ध घ्यू भनी बिक्री-वितरण गर्ने उद्योगमा छापा

केमिकल मिसाएर शुद्ध घ्यू भनेर उपभोक्ता ठगी गर्दै बिक्री वितरण गर्ने पर्साको एक घ्यू उद्योगमा पर्सा प्रहरीले छापा मारेको छ। पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १५ ब्रम्हचोक नजिकै रहेको एउटा घ्यू उद्योगमा प्रहरीले छापा मारी सञ्चालकसहित ३ जनालाई पक्राउ गरेको हो।
शुद्ध घ्यू भनी केमिकल मिसाएर उत्पादन र बिक्री गर्ने श्री सिद्धिविनायक पूजा सामग्री प्रोडक्स उद्योगमा छापामारी सञ्चालक अनिल श्रेष्ठ र कामदारहरू रामविलास र रमेश श्रेष्ठलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए। छापामारीमा सानो ट्याक्टरमा दुई ट्याक्टर कच्चा पदार्थ र तयारी अवस्थाको घ्यू पनि प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।