रक्सी पिएर ड्युटीमा बस्दा हवल्दारको जागिर चैट !

सवारी चालक अनुमपति पत्र छ कि छैन, मादक पदार्थ सेवन गरेको छ कि छैन भनेर चेकजाँच गर्न प्रहरी खटिन्छ । मापसे अभियान निकै सफल पनि मानिएको छ । तर चेकजाँच गर्ने प्रहरी आफैंले मादक पदार्थ सवेन गरेको रहेछ भने के होला रु पोखरामा यस्तै भएको छ ।
३ पुसमा पोखराको लेखनाथ तालचोकमा ट्राफिक प्रहरीले सवारी साधन रोकेर मापसे चेकजाँच गरिरहेको थियो । एक जना मोटरसाइकल चालकलाई रोक्यो र हा‘ गर्न भन्यो । जाँच गर्न लागेका प्रहरीको मुखबाटै ह्वास्स रक्सी गन्हायो । चालक र प्रहरीबीच भनाभन भयो । विस्तारै अरु सवारी चालक, पैदलयात्री गेर भीड जम्मा भयो । सबैले प्रहरीले नै रक्सी पिएको निष्कर्ष निकाले । र, रक्सी पिएर ड्युटीमा खटिएका प्रहरी हवल्दार भीमबहादुर यादवलाई समातेर प्रहरी कार्यालयमा बुझाएको छ ।
कास्कीमा ड्युटीमा खटिएका प्रहरी नै आफैं रक्सीले टिल परेर सवारी साधन चालकले खाएको छ कि छैन भनेर चेकजाँच गरेको यो पहिलो घटना भने होइन । रक्सी पिएर ड्युटीमा खटिएका एक हवल्दार त जागिर नै गएछ । रक्सी पिएर काम खटिएको पटकपटक गुनासो तथा उजुरी आएपछि इलाका प्रहरी कार्यालय बगरमा कार्यरत राजकुमार कार्कीलाई बर्खास्त नै गरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।