गाउँपालिका अध्यक्ष जेल चलान

जनपत्र
७ पुष २०७६, सोमबार ०६:४७

विश्रामपुर गाउँपालिका अध्यक्ष जेल चलान भएका छन् । सवारी ज्यान मुद्दामा अध्यक्ष अमिरीलाल राउत जेल चलान भएका हुन् ।

फरार रहेका अध्यक्षलाई खोजतलासकै क्रममा इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत बुझाएको थियो । अदालतले सजायका लागि करागार चलान गरेको प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।

२८ माघ २०६२ मा त्रिभुवन राजपथको वीरगन्ज–पथलैया खडकखण्डअन्तर्गत पर्ने साबिक छतापिप्रा गाविस–३ का ६५ वर्षीया हहियादेवी थरुनीलाई अध्यक्ष राउत सवार ना४प ३७४५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । घाईते थरुनीको उपचारका क्रममा नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*