सरकारी र सार्वजनिक जग्गामा सरकारी किल्ला ठाेक्न म आफै आउँछु : मन्त्री अर्याल

जनपत्र
७ पुष २०७६, सोमबार ०६:२२

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरेर संरक्षण गर्न आग्रह गर्नुभएको छ । चितवनको रत्‍ननगर नगरपालिकाले शनिबार रत्‍ननगरमा आयोजना गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सजग गराउनुभएको हो ।

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण तथा दोहनको गुनासो आइरहेका बेला सरकारले जग्गा संरक्षणको अभियान थालेको छ । त्यही सन्दर्भमा रत्‍ननगर नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका सन्दर्भमा मन्त्रीको उपस्थितिमा छलफल कार्यक्रमको आयोजना गरेको हो ।

त्यस अवसरमा मन्त्री अर्यालले सरकारले देशैभरका सरकारी तथा सार्वजनिक जग्गा संरक्षणको अभियान थालेको बताउनुभयो । देशैभर विभिन्न व्यक्ति तथा संस्थाले अनाधिकृत रुपमा दोहन गरेको जग्गा खोजेर सरकारले त्यसको संरक्षण गर्ने उहाँको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*