इतिहासकै दुर्लभ ग्रहण : ६ वटा ग्रह एकै स्थानमा आउँदै विश्वमै नयाँ परिवर्तनको संकेत

जनपत्र
७ पुष २०७६, सोमबार ०६:१०

साल पुस १० गते बिहिवार डिसेम्बर २६ तारिखका दिन खण्डग्रास सूर्य ग्रहण मूल नक्षत्र धनु राशिमा लाग्दै छ । बिहान ८ बजेर ४२ मिनेट बाट सुरु सुरु हुने उक्त ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्यम अबस्थामा रहनेछ । बिहानै ११ बजेर ३१ मिनेटमा पूर्णरुपमा ग्रहणले छोड्ने छ । उक्त ग्रहणको अबधि २ घण्टा ४९ मिनेट सम्म रहने छ । करिब छ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष रुमा हेरिरहेको छ । यो एकदमै दुर्लभ खगोलिय घटना हो । मूल नक्षत्र तथा धनु राशिमा लाग्ने ग्रहणको विभिन्न राशिमा पनि यसको प्रभाव पर्दछ । विशेषगरी धनु, बिश्चिक, कन्या, सिंह,मकर, वृष, मेष मिथुन, राशिमा जन्मिएका मानिसका लागि नकारात्मक प्रभाव पर्ने हुँदा सावधानी अपनाउँदै ग्रहण नहेर्दा राम्रो हुन्छ । कर्कट तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि भने विषेश फाइदा रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*