एक सय बीस बोरा मरिचसहित ट्रक नियन्त्रणमा

जनपत्र
६ पुष २०७६, आईतवार ०७:४०

जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार अवैध रुपमा चोरी निकासी गरी भारततर्फ लैजादै गरेको मरिच सहित ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नं।१६ ईनर्वा स्थित पुग्दा सुचना अनुसार ना २ ख ९८०२ नं। को ट्रकमा तीन हजार के।जी ९१ सय २० बोरा० अबैध मरिच बीरगन्जबाट भारततर्फ जादै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका थिए ।

प्रहरी टोलीलाई देख्ना साथ ट्रकमा लोड रहेको मरिच सोही स्थानमा छाडी तस्करहरु फरार भएको र अबैध मरिच सहित उक्त ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बीरगन्ज भंसार कार्यालयमा पठाइएको पर्सा प्रहरीले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*