जल्दै गरेको शव प्रहरीद्वारा बरामद, हत्या भएको आशंका

जनपत्र
५ पुष २०७६, शनिबार ०६:४८

बाराको पचरौता नगरपालिका–१, पिपरपातीबाट प्रहरीले एक महिलाको शव बरामद गरेको छ । जमुनी खोला छेऊ दशगजा क्षेत्रमा जलाउँदै गरेको अवस्थामा मालती देवीको शव नियन्त्रणमा लिइएको हो । मालती स्थानीय रामदयाल महतोको श्रीमती हुन् ।

महतोको घरदेखि चार सय मिटर दूरीमा रहेको नेपाल भारत सीमाना नजिकैबाट जल्दै गरेको शव नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मालतीको हत्या भएको आशंकामा अनुसन्धानका लागि शव नियन्त्रणमा लिइएको बारा प्रहरीले जानएको छ । रामदयाल दुई सन्तानसहित फरार छन् ।

भारत मोतिहारी जिल्ला जुवाफर गाउँ माइतीघर भएकी मालतीको हत्यापछि शव जलाइएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । रामदयालले मदिरा सेवन गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घरका सदस्य ढोका थुनेर भागेको र गाउँलेले घटनाबारे केही नबोलेकाले अनुसन्धानमा समस्या भईरहेको उनले जनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*