नेपाल भित्रियो सस्तो र उच्च गुणस्तरीय अल्ट्रासाउण्ड मेसिन

जनपत्र
५ पुष २०७६, शनिबार ०६:३७

उच्च प्रविधिको चिनियाँ अल्ट्रासाउण्ड मेसिन नेपाल भित्रिएको छ। नेपालमा यसको आधिकारिक बिक्रेता एडभान्स बायोटेक कम्पनी रहेको छ।भिन्नो अल्ट्रासाउण्ड नामको यो मेसिन चिनियाँ कम्पनी भिजन इनोभेसनले निर्माण गरेको हो।

भिन्नो अल्ट्रासाउण्ड सस्तो र गुणसतरीय हुने एडभान्स बायोटेक कम्पनीका अध्यक्ष एवम् रेडियोलोजिष्ट डा अशोक तायलले बताए। नेपालमा अहिले रहेका अल्ट्रासाउण्ड मेसिनभन्दा ३० प्रतिशत सस्तो मूल्यमा आउने डा तायलको दावी छ।

‘यो मेसिन हलुका हुने भएकाले एक ठाउबाट अर्को ठाउमा सजिलै लैजान सकिन्छ।’तायलले भने,’ दुर्गम क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गर्नका लागि यो अझै उपयोगी हुन्छ।’

यो मेसिनबाट ‘फोर डी इमेज स्क्यानु गर्न सकिने र त्यो गुणस्तरिय हुने तायलले बताए।अल्ट्रा साउण्डको माध्यमबाट गर्भवति महिलाको पेटमा रहेको बच्चाको शरीरका प्रत्येक अंगहरुलाई समेत राम्रोसँग पहिचान गर्नसक्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*