औषधिको मूल्य बढाउन चलखेल

जनपत्र
५ पुष २०७६, शनिबार ०६:१९

नेपाली बजारमा बिक्रीवितरण भइरहेका अधिकांश औषधिको वैज्ञानिक मूल्य निर्धारण गर्न सरकारले आलटाल गर्दै आएको छ । हाल नेपाली बजारमा स्वदेशमा उत्पादित झण्डै ९ हजार ५ सय र विदेशबाट आयातित झन्डै ८ हजार ५ सय ब्रान्डका औषधिहरू बिक्री हुँदै आएका छन् । तीमध्ये ९६ प्रकारका औषधिहरूको मात्रै मूल्य निर्धारण गरिएको छ । जुन निकै नगन्य मात्रामा हो । यसरी हेर्दा अझै ८० प्रतिशतभन्दा बढी औषधिहरूको मूल्य निर्धारण र नियन्त्रण हुन सकेको छैन । जसका कारण औषधिको मूल्य उत्पादकपिच्छे फरकफरक हुँदा उपभोक्ताहरू मर्कामा परिरहेका छन् ।

२ माघ २०७५ मा औषधि परामर्श समितिको बैठकले औषधिको मूल्य नियन्त्रण र निर्धारण गर्ने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको छैन । स्रोतका अनुसार ९६ प्रकृतिका औषधिमध्ये १९ प्रकृतिका औषधिहरूको मूल्य बढाउन आन्तरिक चलखेल भइरहेको छ । औषधि मूल्य निर्धारण समितिका सदस्यसमेत रहेका उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले सरकारले सबै प्रकृतिका औषधिहरूको मूल्य निर्धारण गर्नुपर्ने बताए । उनले भने, ‘औषधि भनेकै अत्यावश्यक हुन्छ । वर्गीकरण गर्नुहँुदैन । औषधि व्यवस्था विभागले मूल्य र गुणस्तरको नियमन गर्न सकेन । अनुगमन प्रभावकारी नहुँदा बजारमा फार्मेसीपिच्छे मूल्य फरक छ ।’

जनस्वास्थ्य ऐन २०७५ मा औषधिको मूल्य निर्धारण नेपाल सरकारले गर्ने भन्ने उल्लेख छ । सरकारले अत्यावश्यक सूचीमा राखेका ३ सय ४८ प्रकृतिका औषधिमध्ये २ सय ५२ वटा औषधिको मूल्य निर्धारण हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*