नेपालकै कम्पनीले विद्युतीय मोटरसाइकल उत्पादन गर्ने

जनपत्र
४ पुष २०७६, शुक्रबार ०६:२९

नेपालकै कम्पनीले विद्युतीय मोटरसाइकल उत्पादन गर्ने घोषणा गरेको छ । ‘यात्री मोटरसाइकल्स्’ को पहिलो परियोजनाका रुपमा रहको ‘प्रोजेक्ट जीरो’ को काम सकिएसँगै नेपालमै विद्युतीय मोटरसाइकल उत्पादन गर्ने घोषणा गरिएको कम्पनीका प्रमुख अशिम पाण्डेले जानकारी दिनुभयो ।

यो विद्युतीय मोटरसाइकलको च्यासिस पाण्डे आफैँले निर्माण गर्नुभएको हो भने इन्जिनीयर कनिष्क सुवालले मोटरसाइकलका अरु भागको निर्माण गर्नुभएको हो । विद्युतीय मोटरसाइकलको आयु औषत १० वर्षको हुने यात्री मोटरसाइकल्स कम्पनीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*