सीमा क्षेत्रमा सशस्त्र प्रहरीका ११४ बोर्डर आउटपोष्ट स्थापना गर्ने निर्णय

जनपत्र
४ पुष २०७६, शुक्रबार ०६:२७

सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरीका थप ११४ बोर्डर आउटपोष्ट ९बीओपी० स्थापना गर्ने भएको छ । मन्त्रिपरिषदको सोमबारको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले अब नेपाल भारत र नेपाल चीन दुवैतिरका सीमा क्षेत्रमा २२१ वटा बीओपी रहने बताए ।
यसअघि सशस्त्र प्रहरीका १०७ वटा बिओपी थिए । सीमा क्षेत्रको अपराध नियन्त्रण र सीमा सुरक्षासहितलाई ध्यानमा राखेर राज्यको बलियो उपस्थिति सीमा क्षेत्रमा गराउन खोजिएको बास्कोटाले बताए ।

उनले हालै भारतसँग सीमा विवाद भएको दार्चुलाको ब्यास गाउँपालिका १ मा पनि बोर्डर आउटपोष्ट स्थापना हुने बताए । सरकारले सोही गाउँपालिकाको छाङरुङबाट दुम्लिङसम्मको घोडेटो बाटो पनि संघीय मामिला मन्त्रालयमार्फत निर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यो बाटो नहुँदा नेपाली नागरिक भारतीय भूभागबाट यात्रा गर्नुपरेको छ । मन्त्रिपरिषद बैठकले गरेका अन्य निर्णय यसप्रकार छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*